€२६० मिलियन खर्च गरेर बार्साले दुई स्टार साइन गर्ने

बार्सिलोना व्यवस्थापनले यस गर्मीमा इन्टर मिलानका स्टार स्ट्राइकर लौटारो मार्टिनेज र पिएसजीका स्टार नेमार खरीद गर्ने खबर छ।

मुन्डो डिपार्टिभोका अनुसार बार्साले नेमारको लागि €१५० मिलियन र इन्टर मिलानका स्टार स्ट्राइकर लौटारो मार्टिनेजको लागि €१११ मिलियन खर्च गर्ने बोर्डले छलफल गरेको खबर छ।

बार्साले केहि खेलाडी बिक्री गरेर रकम स .्कलन गर्ने योजनामा पनि छ – र क्लबले दुई दक्षिण अमेरिकी स्टार हस्ताक्षर गर्न पर्याप्त नगद उठाउने विश्वास गरेको छ।

यद्यपि, रकम उपलब्ध भए पनि बार्साले दुई गैर ईयू खेलाडीहरू बेच्न पर्ने छ, लौटारो र नेमारको लागि ठाउँ बनाउन।

उक्त योजनाको लागि वार्ता भइरहेको खबर छ, मिडफील्ड जोडी आर्टुरो विडाल (चिली) र आर्थर मेलो (ब्राजिल) दुबैलाई क्लबले बेच्ने खबर छ।