€२५ मिलियन मूल्य रहेका मिडफिल्डरलाई रियलमा भित्राउन जिदान इच्छुक

हाल च्याम्पियन्स लिगको हार पछि रियल म्याड्रिडको खराब प्रदर्शनको धेरै आलोचना हुदै गरेको छ भने जिदान क्लबलाई फेरी बलियो बनाउन नयाँ खेलाडी साइन गर्ने योजना रहेका छन्।

खबर अनुसार जिदान हाल आरबी साल्जबर्ग कास्टार डोमिनिक स्जोबोस्लाइलाई साइन गर्न इच्छुक रहेका छन्। हंगरीका स्टार मिडफिल्डरको प्रदर्शन साल्जबर्गमा निकै राम्रो रहेको छ र जिदानले धेरै समय देखि उनको मुल्यांकन गरेको खबर छ।

आरबी साल्जबर्गले उनको रिलिज क्लज €२५ मिलियन राखेको खबर रहेको छ भने सो रकम तिरेर उनलाई रियलमा भित्राउने जिदानको योजना रहेको कुरा छ।