€१३५ मिलियनमा साइन गरेको खेलाडीलाई बार्साले फ्री एजेन्टको रुपमा गुमाउन सक्ने 

ला लिगा क्लब बार्सिलोना आफ्नो स्टार खेलाडी ओस्मान डेम्बेले सँग सम्झौता विस्तार गर्ने प्रयासमा रहेको छ तर बार्सा सो कुरामा सफल भने हुन सकेको छैन।

फ्रेन्च स्टार डेम्बेले र बार्सा बिच सम्झौता अन्त्य हुने क्रममा रहेको छ डेम्बेलेले फ्री एजेन्टमा क्लब छोड्न सक्ने सम्भावना रहेको छ र हालको आर्थिक अवस्थामा आफ्नो स्टार खेलाडीलाई फ्री एजेन्टमा गुमाउनु बार्साको लागि ठुलो घाटा हुने छ।

बार्सा डेम्बेले सँग सम्झौता विस्तार प्रयासमा रहे पनि उनको तलब मागको कारण हाल वार्ता सफल हुन नसकेको जानकारी छ। खबर अनुसार बार्सा सामु डेम्बेलेले प्रति वर्ष €४० मिलियनको तलब र €२० मिलियन सम्झौता विस्तार बोनसको माग गर्दै छन् जुन हाल बार्सा तिर्न अनिच्छुक रहेको छ।

२४ वर्षका स्टार खेलाडीको सम्झौता २०२२को जुनमा अन्त्य हुने छ र सो समय पछि उनी फ्री एजेन्ट हुने छन्।

ला लिगा क्लब बार्साले उनलाई डर्टमन्बाट २०१७मा €१३५ मिलियनमा साइन गरेको थियो तर उनको खेल स्पेनिस क्लब राम्रो हुन सकेको छैन र धेरै जस्तो समय उनी चोट ग्रसित रहेका छन्। €१३५ मिलियनमा साइन गरेको खेलाडीलाई फ्री एजेन्टको रुपमा गुमाउनु बार्साको लागि निकै ठुलो घाटा हुने छ।