ला लिगा क्लब रियल म्याड्रिडले आफ्नो स्टार खेलाडी इडेन हाजार्ड सँग आपसी सहमतिमा सम्झौता रद्द गर्ने निर्णय लिएको छ भने हाल हाजार्ड फ्री एजेन्ट खेलाडी बनेका छन्।
🚨 Official: Eden Hazard leaves Real Madrid! Contract terminated by mutual agreement.
“Real Madrid C. F. and Eden Hazard have reached an agreement by which the player is disassociated from the club as of June 30, 2023”, club announces. #Hazard pic.twitter.com/0moZaBUQzK
— Fabrizio Romano (@FabrizioRomano) June 3, 2023
रियल म्याड्रिडले २०१९मा चेल्सीबाट हाजार्डलाई अनुबन्ध गर्न €११५ मिलियन र केही बोनस तिरेको थियो तर रियलमा उनको खेल सोचे अनुरूप हुन सकेको छैन र चोटको कारण धेरै जस्तो समय उनी मैदान बाहिर रहे भने उनलाई बेच्न असफल रहे पछि उनी सँग सम्झौता रद्द गर्न रियल बाध्य भएको छ।
“रियल म्याड्रिड सी. एफ. र इडेन हाजार्ड एक सम्झौतामा पुगेका छन् जसद्वारा खेलाडी जुन ३०, २०२३ पछि क्लबबाट अलग हुने छन्”, रियलले एक प्रेस विज्ञप्ति निकाल्दै घोषणा गरेको थियो।
हाजार्ड सँग सम्झौता रद्द गरे पछि रियलले €७ मिलियन रकम बचाउने रिपोर्ट छ भने हाजार्डले पनि सम्झौता रद्द भए पछि आफूले पाउन पर्ने रकम नलिने निर्णय गरेका छन्।
Real Madrid will save almost €7m after terminating Eden Hazard’s contract on mutual agreement. ⚪️ #RealMadrid
Hazard has given up part of the salary he was due to earn. pic.twitter.com/2CrNaBcjby
— Fabrizio Romano (@FabrizioRomano) June 4, 2023
रियल सँग हाजार्डको सम्झौता २०२४को जुन सम्म रहेको थियो तर हाजार्ड रियल म्याड्रिडको खेल योजनामा परेका छैनन् र उनको खरिदकर्ता खोज्न पनि रियलको लागि गार्हो रहे पछि रियलले उनी सँग सम्झौता रद्द गर्ने निर्णय लिएको हो।
इडेन हाजार्ड पनि क्लबमा खुसी थिएनन् र उनी पनि क्लब छोड्न इच्छुक रहेका थिए जसको कारण उनले रियल सँग आपसी सहमति गरेका छन्।
चेल्सीको लागि ३५२ खेलमा ११० गोल र ९२ असिस्ट गरेका हाजार्ड रियलमा आए पछि धेरै चोटको सिकार भए भने उनले रियलमा हाल सम्म १० गोल पनि पुरा गर्न सकेका छैनन्।
रियलमा ७६ खेलमा उनले केवल ७ गोल गरे पछि उनलाई धेरैले फ्लपको नाम दिने गरेका छन्।