€१०० मिलियन र तीन खेलाडी दिएर नेमार फर्काउने दाउमा बार्सिलोना

दुइ वर्ष पछि बार्सिलोनाले नेमारलाइ फेरी साइन गर्ने सक्ने भएको छ। खबर अनुसार पीअसजीलाइ €१०० मिलियन र तीन खेलाडी दिएर नेमार फर्काउने दाउमा बार्सिलोना रहेको छ। नेमर २०१७मा €२२० मिलियनमा बार्सिलोना छोडेका थिए, त्यो ट्रान्सफरले पुरै मार्केटमा मुद्रास्फीति भएको थियो। र अब ब्राजीलियन सुपरस्टार नेमर फेरी बार्सिलोनामा फर्किने कुरा चल्दै छ।


GloboEsporteको अनुसार दुइ क्लब बीच उक्त कुरा बारे छलफल सुरु भैसकेको छ र बार्सिलोना €१०० मिलियन र तीन खेलाडी पीअसजीलाइ दिन तयार राखेको खुलेको छ। उक्त तीन खेलाडी डेम्बेले, उम्तिती र राकिटिक हुने विश्वास गरिएको छ।