€१०० मिलियन मूल्य रहेको स्टार साइन गर्न चेल्सी इच्छुक

इटालियन स्रोत क्याल्सियोमेर्काटोको रिपोर्ट अनुसार, चेल्सीका कोच थोमस टुचेल युभेन्टसका स्टार फेडेरिको चिएसालाई साइन गर्न इच्छुक रहेका छन्। युरो २०२०को दौडान स्टार विङ्गर धेरै उत्कृष्ट फम थिए र इटालीलाई उक्त उपाधि जिताउन फेडेरिको चिएसाको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो र हाल खबर अनुसार उनलाई चेल्सीमा भित्राउन जर्मन कोच धेरै इच्छुक रहेका छन्।

विङ्गरले यो सिजन युभेन्टसमा भने सोचे अनुरूप प्रदर्शन गर्न सकेका छैनन् २४ वर्षीयले हाल सम्म युभेमा ३ गोल र ३ असिस्ट प्रधान गरेका छन्। युभेमा उनले धेरै राम्रो गर्न नसके पनि थोमस टुचेल उनको खेल्ने शैलीबाट धेरै प्रभावित भएको खबर छ भने उनलाई साइन गर्न चेल्सी प्रयास गर्ने खबर छ।

उनलाई बेच्न भने युभेन्टस €१०० मिलियनको माग गर्न सक्ने रिपोर्ट रहेको छ। उनलाई साइन गर्नु अघि चेल्सीले आफ्नो खेलाडी बेच्न सक्ने जानकारी छ र क्रिश्चियन पुलिसिक वा हाकिम जियेच मध्ये एकलाई चेल्सीले बेच्ने योजना बनाएको चर्चा रहेको छ।

फेडेरिको चिएसा पनि युभे छोड्न खुल्ला हुने जानकारी छ भने थोमस टुचेलको लागि चेल्सीमा खेल्न फेडेरिको चिएसा इच्छुक रहेको जानकारी छ।