२०७६ फाल्गुन १ गते भएको तेस्रो दिप ज्योति फुटसल प्रतियोगिता १५ टिमको सहभागिता रहेको थियो।
जस अन्तरगत पहिलो सेमीफाइनल खेलमा माउन्ट ग्लोरीले (Mt Glory) दि नामस (The Namss) बिरुद्ध ४-० को सहज जित निकाल्दै फाइनल खेलमा आफ्नो स्थान जमाउन सफल भयो।
त्यसैगरि दोस्रो सेमीफाइनलमा आयोजक दीप ज्योति (Deep Jyoti) र न्यु नलेज (New Knowledge) वीच भएको खेलमा न्यु नलेज २-० को जित निकाल्दै फाइनल खेलको यात्रा तय गरेको छ।
तार्केश्वरस्थित जिफो फुटसलमा भोलि फाल्गुन २ गते बिहानको १० बजे माउन्ट ग्लोरी र न्यु नलेज वीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले २० हजार पाउने छन् भने उपविजेताले १० हजार पाउने छन्।