नयाँ गोलकिपरको खोजीमा रहेको प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको नजर इन्टर मिलानका स्टार आन्द्रे ओनानामा रहेको छ।
इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई साइन गर्न म्यानचेस्टर युनाइटेड धेरै इच्छुक रहेको छ तर युनाइटेड र इन्टर बिच सम्झौता भने हुन सकेको छैन। म्यानचेस्टर युनाइटेडले उनको लागि €४० मिलियन र €५ मिलियन बोनसको प्रारम्भिक प्रस्ताव पठाएको थियो तर उक्त प्रस्ताव इन्टरले अस्वीकार गरेको थियो।
Manchester United will proceed with new verbal bid for André Onana. Conversations will continue with Inter as opening bid worth €40m plus €5m add-ons has been rejected. 🔴 #MUFC
Onana’s position is clear: prepared to accept Man United if the two clubs will agree on fee. pic.twitter.com/51g69p3Q7g
— Fabrizio Romano (@FabrizioRomano) July 6, 2023
हाल रिपोर्ट अनुसार म्यानचेस्टर युनाइटेड उनको लागि नयाँ प्रस्ताव पठाउने क्रममा रहेको छ। इन्टर भने राम्रो प्रस्ताव आए आफ्नो गोलकिपरलाई बेच्न तयार हुने रिपोर्ट छ र आन्द्रे ओनाना पनि म्यानचेस्टर युनाइटेडमा खेल्न इच्छुक रहेको सोही रिपोर्टले जनाएको छ।
रिपोर्ट अनुसार हाल म्यानचेस्टर युनाइटेड, इटालियन क्लब सँग निरन्तर वार्तामा रहेको छ र आन्द्रे ओनानाको ट्रान्सफरको लागि चाडै इन्टर सँग सहमतिमा पुग्ने युनाइटेडको विश्वास रहेको छ।
म्यानचेस्टर युनाइटेड र गोलकिपर डेभिड डे हेया बिचको सम्झौता विस्तार वार्ता असफल भए पछि डेभिड डे हेया फ्री एजेन्ट बनेका छन् र युनाइटेड नयाँ गोलकिपरको खोजीमा रहेको छ। २०२२मा आन्द्रे ओनाना इन्टर मिलानमा आएका थिए भने हाल सम्म उनले इन्टरको लागि ४१ खेल खेलेका छन्।