यी कोच माथि म्यान्चेस्टर युनाइटेडको नजर

म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडको २-०को हार पछि क्लबका कोच ओलेको धेरै आलोचना हुँदै गरेको छ भने धेरै फ्यानहरू उनको बर्खास्तको माग गर्दै गरेको बेला युनाइटेडले आफ्नो नजर केही कोचहरूमा राखेको जानकारी छ।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कोच ओले गनर सोल्सायरको भविष्य क्लबमा अनिश्चित रहेको छ। लिभरपुल सँगको ०-५को हार पछि ओले गनर सोल्सायरको धेरै आलोचना भएको थियो र त्यो बेला युनाइटेडले उनलाई थप मौका दिएको थियो र उक्त लज्जास्पद हार पछि युनाइटेडले १ जित १ बराबरी र हालैको सिटी सँगको २-०को हारको सामना गरेको छ भने उनलाई युनाइटेडले बर्खास्त गर्ने सम्भावना रहेको बेला उनको विकल्पमा केही कोच युनाइटेडको नजरमा रहेको जानकारी छ।

हाल खबर अनुसार युनाइटेडको नजर पूर्व सिटी रोबर्टो म्यानसिनी रहेको जानकारी छ। इटालियन कोचले एसी मिलान सँग ३ पटक लगातार लिगे जितेका थिए भने सिटीलाई प्रिमियर लिग जिताउन उनको ठुलो भूमिका रहेको थियो।

युनाइटेडको नजर पूर्व इन्टर मिलान कोच कोन्टेमा रहेको थियो तर टोटेनह्यामले उनलाई साइन गरे पछि हाल युनाइटेडले रोबर्टो म्यानसिनीलाई विकल्पको रुपमा लिएको जानकारी छ। युनाइटेडको नाम पूर्व रियल कोच जिदान सँग पनि जोडिएको छ तर हालको लागि ओले गनर सोल्सायर नै युनाइटेडको कोचको रुपमा रहेका छन्।