म्यान सिटीले फेरी पनि ट्रान्सफर रेकर्ड तोड्न सक्ने

म्यानचेस्टर सिटिले हालै इङलिस स्टार खेलाडी ज्याक ग्रिलिशलाई १०० मिलियन पाउन्डमा साइन गरेको छ र अब सिटीको नजरमा अर्को ठुलो ट्रान्सफर योजना रहेको खबर छ। हालै ज्याक ग्रिलिश गरेको सिटीको नजर अब टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनमा रहेको जानकारी छ।

ज्याक ग्रिलिशलाई साइन गर्ने क्रममा सिटीले प्रिमियर लिगको ट्रान्सफर रेकर्ड तोडेको छ भने सो रेकर्ड फेरी पनि यहि विन्डोमा सिटीले नै तोड्न सक्ने छ। ह्यारी केन क्लब छोड्न इच्छुक रहे पनि टोटनह्याम उनलाई क्लब छोड्न दिन अनिच्छुक देखिन्छ भने उनलाई सके सम्म क्लबमा राख्नको लागि टोटनह्यामले ह्यारी केनको लागि ठुलो ट्रान्सफर रकम माग्ने छ। केन क्लब छोड्न तयार हुँदा उनलाई बेच्न स्पर्सले £१५० मिलियन सम्म मग्न सक्ने जानकारी छ।

केन र स्पर्स बिच अझै सम्झौता बाँकी रहेको छ तर केन उपाधिहरू जित्न क्लब छोड्न इच्छुक छन्। टोटनह्याममा उत्कृष्ट प्रदर्शन र गोल रेकर्डहरू बाबजुद केन उपाधि विहीन रहेका छन्।

हाल उनी माथि सिटीको नजर छ भने उनलाई सिटीले प्रति हप्ता £४००,०००को तलब दिन सक्ने खबर छ।