घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।

शनिबार भएको खेलमा १० खेलाडीमा सिमित चेल्सी रेलिगेसन क्षेत्रको वेस्ट ब्रुमसँग ५-२ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले फराकिलो हार व्यहोरेको हो ।

खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो । थियागो सिल्भा दोहोरो पहिलो कार्डसहित मैदानबाट बाहिरिएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा माथ्युएस पेरेइराले गोल गर्दै वेस्ट ब्रुमलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसको एक मिनेटपछि पेरेइराले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा वेस्ट ब्रुम २-१ ले अघि रह्यो ।

खेलको ६३ औं मिनेटमा कलुम रोबिनसनले गोल गर्दै वेस्ट ब्रुमलाई ३-१ को अग्रता दिलाए ।

खेलको ६४ औं मिनेटमा एमबाए डिग्नेले गोल गरेपछि वेस्ट ब्रुम ४-१ ले अघि रह्यो ।

खेलको ७१ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई ४-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जरी समयमा रोबिनसनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ५-२ को जित दिलाए ।

यस हारसँगै चेल्सीले ३० खेलमा ५१ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।

वेस्ट ब्रुम २१ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।