BREAKING: बिमल घर्ती मगर च्यासल युथ क्लब बाट खेल्ने

बिमल घर्तिमगर ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबमा अनुबन्धित भएका छन् । च्यासलले बिहिबार पल्सर सहिद स्मारक ए डिभिजन लिगका लागि बिमललाई अनुबन्ध गरेको हो ।

च्यासलले बिहिबार साँझ बिमलसंग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बिमलको अनुबन्धन रकम भने खुलाईएको छैन । दुवै पक्षले रकम गोप्य राख्ने सहमति भएको च्यासलले जनाएको छ ।

पछिल्लो समय थ्रीस्टार र मनाङबाट खेल्दै आएका बिमलले शनिबार सुरु हुने लिगमा भने च्यासल रोजेका हुन् ।