क्रिस्टियानो रोनाल्डोको जन्मदिन विशेष – उनको ’boutमा तथ्यहरू जुन धेरैलाइ थाहा नहुन सक्छ

क्रिस्टियानो रोनाल्डो आज ३६ वर्षका भएका छन्। ३६ वर्ष हुँदा पनि उनको उत्कृष्ट प्रदर्शन जारी छ र नयाँ रेकर्ड बनाउने क्रममा छन्। कुनै श शंका बिना रोनाल्डो विश्वको सर्वश्रेष्ठ र प्रभावशाली खेलाडीहरू मध्ये एक हुन्।

पाँच पटक बलोन डी ओ’र जितेका रोनाल्डोले धेरै युवा खेलाडी र फ्यानहरूलाई प्रभावित गरेका छन्।

उनको जन्मदिनको विशेष अवसरमा हेर्नुहोस् उनको ’boutमा यी ५ तथ्यहरू जुन धेरैलाइ थाहा नहुन सक्छ

५ )क्रिस्टियानो रोनाल्डोको नाम अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबाट प्रभावित भएको हो।

क्रिस्टियानो रोनाल्डोको पूरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्तोस अभेरो हो जुन अभिनेता र ४०औँ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबाट प्रेरित भएको थियो। उनका बुबा रेगनका ठुलो प्रशंसक थिए।

४) १५ वर्षको उमेरमा उनी फुटबल छोड्ने नजिक थिए

रोनाल्डोले फुटबल छोड्ने बाट नजिक थिए। १५ वर्षको हुँदा मुटुको समस्याको कारण उनी फुटबल छोड्ने नजिक थिए, यद्यपि उनको उपचार भयो र उनी यो रोगको विरुद्ध लडिरहे।

३) लिभरपुल खेलाडी बन्ने क्रममा थिए रोनाल्डो

लिस्बनबाट म्यानचेस्टर युनाइटेड जानु अघि लिभरपुल एफसीले २००३ मा रोनाल्डोलाई साइन गर्न चासो देखाएको थियो। तर, रकमको अभावले लिभरपुल रोनाल्डोलाई हस्ताक्षर गर्न सकेन।

२ ) सबै भन्दा बढी इन्स्टाग्राम फ़ॉलोअर्स भएको व्यक्ति बन्न सफल

गत वर्ष क्रिस्टियानो रोनाल्डो सबै भन्दा बढी इन्स्टाग्राममा फ़ॉलोअर्स भएको व्यक्ति बनेका थिए ।
रोनाल्डोले इन्स्टाग्राममा २०० मिलियन फ़ॉलोअर्स पुरा गर्ने पहिलो व्यक्ति बने- उक्त क्रममा- अमेरिकी सङ्गीतकार र अभिनेत्री एरियाना ग्रान्डेलाई पछि पारे। हाल उनको २५९ मिलियन फ़ॉलोअर्स छ ।

१) उनलाई स्कुलबाट निकालिएको थियो

सानो बेला रोनाल्डो शिक्षक संग रिसाएर र शिक्षक माथि कुर्सीले हिर्काए, शिक्षकले उनको परिवार माथि नराम्रो शब्द प्रयोग गरेको कारण उनी रिसाएको विश्वास गरिन्छ।