लेप्जिगमाथि बायर्नको जित

एजेन्सी, जर्मन बुन्डेस्लिगा अन्तर्गत गए राती भएको खेलमा बायर्न म्युनिखले आर बि लेप्जिगलाई पराजित गरेको छ।

लेप्जिगको घरेलु मैदानमा भएको उक्त खेलमा बायर्नले सांघुरो जित निकालेको हो।

बायर्नका लागि एक मात्र गोल लिओन गोरेट्ज्काले गरे।

मुलरको पासमा गिरेट्ज्काले गोल गर्दै पहिलो हाफमा १-० गोलले अग्रता दिलाउन सफल भयो। मुलरको जारी सिजन यो १५ औं अस्सिट हो।

आर बि लेप्जिग केही राम्रो मौका बुने पनि सदुपयोग गर्न नसक्दा हार निश्चित भएको थियो।

यो जितसंगै बायर्न शिर्ष स्थानमा रहेको छ। उस्को समान खेल खेलेको लेप्जिग भन्दा ७ अंक माथि रहेको छ। आर बि लेप्जिग दोश्रो स्थानमा यथावत रहेको छ।

बायर्नले अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल पिएसजीविरुद्ध खेल्ने छ।