ब्वाईज युनियन र बाँसबारीको विजयी सुरुवात

ब्वाईज युनियन क्लब र बाँसबारी फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्घाटन खेलमा श्री कुमारी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै ब्वाईजले सुखद सुरुवात गरेको हो ।
उसका लागि वर्तमान राई र प्रदिप बोगटीले एक एक गोल गरे ।


त्यसैगरि आज भएको दोस्रो खेलमा श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै बाँसबारी पनि लिगको सुखद सुरुवात गर्न सफल।
उसका लागि सुलेमान थापा मगरले निर्णायक गोल गरे ।
जितसँगै ब्वाईज युनियन क्लब र बाँसबारी फुटबल क्लबले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

NepMag Sports a subsidiary of NepMag Network. We post latest, informative, and entertaining sports-related articles for you to read! We will keep you updated with the most recent articles about scores, fixtures, rumors, and facts about the sports from all around the world!