भिल्लारियाल र बार्सा बीचको ला लिगा खेल पछि बार्सिलोनाका युवा विंगर लामाइन यमलको हाल निकै चर्चा हुदै गरेको छ।
🎥- Lamine Yamal receives a standing ovation from Villarreal fans as he exits the field.
Wonderful talent ⭐ pic.twitter.com/PGXhV3AyLa
— Esthetics (@EstheticsNS) August 27, 2023
केवल १६ वर्षको उमेर पुगेका यमलको प्रदर्शन बार्साको एकेडेमी ला मासियमा निकै उत्कृष्ट हुदै आएको थियो र गत सिजन बार्साको सिनियर टिममा डेब्यू गरे पछि यस सिजन पनि उनले सिनियर टिममा मौका पाएका छन् र प्रदर्शन निकै अविश्वसनीय हुदै आएको छ भने उनलाई धेरैले नया रोनाल्डिन्हो पनि भन्ने गरेका छन्।
गत आइतबार ला लिगामा बार्साले भिल्ला रियाललाई ४-३को स्कोरले पराजय गरेको थियो भने उक्त खेलमा स्कोर ३-३ रहेको बेला १६ वर्षीय यमलले निकै रोबर्ट लेवान्डोस्कीलाई निकै उत्कृष्ट असिस्ट प्रधान गरे जसको मद्दतमा बार्साले खेल जितेको थियो भने उनको प्रदर्शनलाई भिल्ला रियालका फ्यानहरुले पनि सम्मान देखाए।
खेलको ७६ औं मिनेटमा बार्साले यमललाई सब्सीट्यूट गर्दा भिल्ला रियलका फ्यानहरुले उनलाई स्ट्यान्डिङ ओभेशन दिएका थिए जसको चर्चा हाल धेरै हुदै गएको छ।
लामाइन यमल बार्सिलोना युथ एकेडेमी ला मासियको उत्पादन हुन्। २०२३को जुलाईमा उनलाई बार्साले यु१९ टिमबाट सिनियर टिममा बढुवा गरेको थियो भने हाल सम्म उनले सिनियर टिमबाट ४ खेल खेल्दै २ असिस्ट गरेका छन्।