बार्सिलोनाबाट खेलिसकेका डिफेन्डर मनाङमा

नेपालको ‘ए’ डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबले सेनेगलका पुर्व स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर डावान्डु डियाग्नेलाई अनुबन्ध गरेको छ ।

मनाङले मंगलबार सामाजिक संजालबाट डिफेन्डर डियाग्नेलाई अनुबन्ध गरिएको जनाएको छ ।

२८ वर्षीय डिफेन्डरले बार्सिलोनाको ‘बी’ टिमबाट खेलेका थिए ।

उनले बार्सिलोनाको सिनियर टोलीमा समेत स्थान बनाएका थिए । तर, डेब्युको अवसर भने पाएका थिएनन् ।

डियाग्नेले सेनेगलका लागि २ खेल खेलेका छन् ।

८ पटकको च्याम्पियन मनाङले नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि डियाग्नेलाई अनुबन्ध गरेको हो ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।