इतिहास पुर्न दोहोरियो; बिमलले गरे सागर थापाको जस्तै गोल

विमल घर्तिमगरले शनिबार साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा शनिबार बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा धेरैले पूर्व कप्तान सागर थापाको गोललाई स्मरण गरेका छन् ।

सागर थापाकै शैलीकै गोलमा विमलले ३३ औं मिनेटमा साफ सुजुकी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा गोल गर्दै नेपाली टोलीलाई अग्रता दिलाएका थिए । सुनिल बललाई वाले फैजलले फाउल गरेपछि नेपालले फ्रिकिक पाएको थियो । सन् २०११ मा सागरले बंगलादेशविरुद्ध नै ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै नेपालको सेमिफाइनल यात्रा बलियो बनाएका थिए । त्यत्ति बेला सागरको गोललाइ अहिले पनि स्मरण गरिन्छ ।

संयोग नै मान्नुपर्दछ सागरले गोल गरेकी गोलकिपर मोहम्मद साहिदुल अलामले नै शनिबारको खेलमा पनि बंगलादेशको पोष्ट सम्हालेका छन् । त्यति बेला सागरको गोलमा उमोहम्मदले कुनै मौका पाएका थिएनन् भने यसपटक विमलको प्रहारबाटमा हातमा आएको बल उनले रोक्न सकेनन् । उनको टाउको माथि नाघेर गोल भएको थियो । सागर यति बेला भने नेपाली फुटबलबाट गुमनाम भइसकेका छन् । अन्य चार खेलाडीसँगै म्याच फिक्सिङको अभियोगमा उनीहरुलाई एएफसीले फुटबलबाट आजीवन प्रतिबन्ध गरेको छ ।

सन् २०११ को साफ च्याम्पियनसिपमा नेपाल समूह चरणमा अपराजित रहेको थियो । पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरीपछि नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । त्यस्तै अन्तिम खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेल्दै समूहको उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो ।
यसपटक भने नेपालको यात्रा हारबाट च्याम्पियनसिपको सुरुवात गरेको थियो । पाकिस्तानसँग २–१ को हार बेहोरेको नेपालले अर्को खेलमा भुटानलाई ४–० ले हराएको थियो । सेमिफाइनल पुग्नका लागि आजको खेलमा नेपाललाई जित बाहेकको विकल्प छैन । यस्तोमा नेपालले अग्रता जोगाउन सके सन् २०१३ को साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्नेछ ।

नेपाल सन् १९९९, २०११ र २०१३ बाहेकमा सेमिफाइनल पुग्न सकेको छैन । नेपालले यो खेल जितेमा नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक हुनेछ । यद्दपी पुछारमा रहेको भुटानको खेलको नतिजा र गोल गणना हुने छैन । त्यस्तोमा समान अंक भएका ३ टोलीको गोलअन्तरलाईृ आधारमा मानिनेछ । आजको खेलमा १–० कै अन्तरमा नेपाल जितेमा बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने नेपाल र पाकिस्तान सेमिफाइनलमा पुग्नेछ । बराबरी भएमा पाकिस्तान र बंगलादेश अघि बढ्दा नेपाल बाहिरिनेछ ।

Via: HamroKhelkud