उल्भ्समाथी युनाईटेडको सांघुरो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ । शनिबार साँझ भएको खेलमा युनाईटेडले उल्भ्सलाई १-० ले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा बैकल्पिक खेलाडिका रुपमा प्रवेश गरेका राषफोर्डले गोल गर्दै जित दिलाए ।

पहिलो हाफको १६ औं मिनेटमा सेमेडोको फितलो पास गर्नाचोको प्रहार गोलकिपर जोसे साले बचाउ गर्दा युनाईटेडले अग्रता बनाउबे अवसर खेर फाल्यो ।

२३ औं मिनेटमा एन्टोनीको प्रहार जोसे साले बचाउ गरे ।

२५ औं मिनेटमा नुनेसको पासमा डिएगो कोस्टाको प्रहार किपर डे हेयाले उत्कृष्ट बचाउ गर्दा घरेलु टोलि अग्रता लिन सकेनन् ।

३७ औं मिनेटमा मार्सियालको क्रसमा एन्टोनिको हेड साले सहजै बचाए ।

त्यस्तै, दोस्रो हाफको ५८ औं मिनेटमा नेभेसको फ्रिकिक डे हेयाले बिफाल पारे ।

७७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको र राषफोर्डको तालमेलमा पहिलो गोल सम्भव भयो । राषफोर्डले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए ।

यस्तै, ८३ औं मिनेटमा राषफोर्डको गोल भिएआरले मान्यता नदिदा युनाईटेडले अग्रता दोब्बर गर्नबाट चुके । राषफोर्डले प्रहार सालाई लागेर आएको रेबाउण्डमा हातमा लागेको भन्दै भिएआरले मान्यता दिएन ।

त्यसपछि, दुबै टोलिले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा युनाईटेडले एक गोलले जित्यो ।

म्यान्चेस्टर युनाईटेडले खेल जित्दै तालिकामा चौंथो स्थानमा उक्लिएको छ । उसले १६ खेलबाट ३२ अंक जोड्न सफल रह्यो ।

उल्भ्स हारसंगै रेलिगेसन क्षेत्रमा रहेको छ । उसले १७ खेलमा १३ अंक जोड्दै १८ औं स्थानमा छ ।