लिभरपुलले अष्ट्रियामा मैत्रीपुर्ण खेल खेल्ने

एजेन्सी, लिभरपुलले प्रि-सिजन मैत्रीपुर्ण खेलहरुको सिरिज सार्वजनिक गरेको छ।

यर्गेन कलोपको टोलि आगामी सिजनका लागि तयारी थालेको छ। शोमबार साझ साल्स्बर्गमा प्रशिक्षण गरेको थियो।

३४ सदस्यीय सहित प्रशिक्षक टोलि अष्ट्रिया प्रस्थान गरेको थियो। लिभरपुलले जुलाइको अन्तिममा एफसी वाकर इन्स्ब्रक, भिएफबी स्ट्टगार्ट, एफएसभि माइन्ज र हर्था बर्लिनविरुद्ध मैत्रीपुर्ण खेल खेल्नेछ।

क्लबले जुलाइ २० अष्ट्रियामा वाकर इन्स्ब्रक र स्ट्टगार्टविरुद्ध ३०-३० मिनेट खेल खेल्ने तालिका रहेको छ।

त्यस्तै, टोलि ग्रेस्बर्जर एरिनामा माइन्जविरुद्ध खेल्ने छ, जुलाइ २३ मा।

रेड्सले यात्राको फाइनल मैत्रीपुर्ण खेल हर्था बर्लिनविरुद्ध जुलाइ २९ मा टिभोला स्टेडियममा खेल्ने भएको छ।