ओजान काबाक भित्र्याउन टोटनह्याम इच्छुक

एजेन्सी, जर्मन क्लब शाल्काका टर्कीस डिफेन्डर ओजान काबाक भित्र्याउन टोटनह्याम इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार टोटनह्याम काबाकलाई प्रेमियर लिग फर्काउन चाहन्छन्।

जर्मन क्लब शालकाका डिफेन्डर काबाकले गत सिजनको आधी भाग लिभरपुलमा लोनमा बिताएका थिए। सिजनको अन्त्यमा लिभरपुलसँग उनलाई खरिद गर्ने विकल्प भएता पनि लिभरपुलले काबाकलाई नकिन्ने निर्णय गरेको थियो। उनले लिभरपुलका लागि १३ खेल खेलेका थिए। बुन्डेस्लिगाबाट रेलिगेट भएसँगै शालका उनलाई बेच्ने तैयारीमा छन्। रिपोर्टका अनुसार टोटनह्यामका साथसाथै रोमा, लाजियो र नापोली पनि उनलाई भित्र्याउन इच्छुक छन्।
२१ वर्षका टर्कीस खेलाडी काबाक २०१९ मा करिब १५ मिलियन युरोमा ५ वर्षका लागि शाल्कामा अनुबन्ध भएका थिए। उनी हाल युरो २०२० अन्तर्गत आफ्नो राष्ट्रिय टोलिसँग आबद्ध छन्।