कोपा अमेरिकामा चम्किदै मेस्सी

एजेन्सी, अर्जेन्टिनी स्टार लिओनेल मेस्सी कोपा अमेरिकामा आफ्नो प्रभावशाली प्रदशन देखाउदै अर्जेन्टिनाको टोलिमा महत्त्वपूर्ण भुमिकामा रहेको छ। बार्सिलोनाका फरवार्ड मेस्सीले प्रतियोगितामा चिलिविरुद्ध फ्रि-किकमा गोल गर्दै खाता खोलेका थिए। उक्त खेल १-१ गोलको बराबरीमा सकेको थियो।

त्येस्तै, समूह “बि” को अर्को खेल उरुगुवेबिरुद्ध अस्सिट प्रदान गर्दा खेल अर्जेन्टिनाले १-० गोलले जितेको थियो।

यो जितसंगै अर्जेन्टिना समुहमा शिर्ष स्थानमा उक्लिदै अर्को चरणमा प्रवेश गर्ने संभावना बलियो बनाएको छ। यद्यपि, प्यारागुवेले एक खेल कम खेलेको छ। यदि, उस्ले खेल जितेमा अर्जेन्टिनालाई उछिन्दै शिर्ष स्थानमा जाने छ।

मेस्सीले कोपा अमेरिकाको उपाधी जित्न सकेको छैन र सम्भवत यो मेस्सीको अन्तिम प्रतियोगिता हुनेछ। अर्जेन्टिना प्रतियोगितामा कुन चरणसम्म पुग्छ त्यो मेस्सीको प्रदशनमा निर्भर गर्दछ।

पहिलो दुई खेलमा गरेको उच्च प्रदशनले मेस्सी उत्कृष्ट लयमा रहेको दर्शाउछ। अर्जेन्टिनाले अर्को खेल प्यारागुवेबिरुद्द खेल्दै छ।