अगुएरो बेच्दै सिटिले डोर्ट्मुन्डको स्टार खेलाडी भित्र्याउने

एजेन्सी, बोरुसिया डोर्ट्मुण्डको फरवार्ड एर्लिङ हल्यान्डलाई अगामी ट्रान्स्फर बजारमा भित्र्याउने प्रयास गर्ने छन।

विभिन्न मिडियाका अनुसार प्रिमिएर क्लब सिटिले £१०० मिलियन दिने तयारी गरेको छ। सिटिले सर्जियो अगुएरोको स्थानमा उन्लाइ भित्र्याउन चाहेको हो। अगुएरोको सम्झौता यसै सिजनको अन्तमा सकिदै छ।

अन्य प्रिमिएर क्लब चेल्सी र म्यान्चेस्टर युनाईटेडले पनि हल्यान्डलाई भित्र्याउन चाहेको छ।

पेप गुआर्डिओलालाई एउटा फरवार्डको खाचो भैरहदा र अगुएरो चोट र अन्य कारणले गर्दा यो सिजन मात्र ३ खेल सुरुवात गरेको कारण हल्यान्ड माथि नजर गएको हो।

अगुएरोको अनुपस्थितिमा गब्रिएल जेसुसले आफुलाइ प्रमाणित गरेको छ। उन्ले जारी सिजन ४ गोल गरि सकेका छन।

नर्वेजियनले २१ खेलमा २२ गोल गरिसकेको छ भने च्याम्पियनस लिगमा ४ खेलमा ६ गोल गरेका छन।