आर्सनलले डिफेन्डर बेचेपछि फ्यानहरुको खुशीको सिमा नाघ्यो

आर्सनलका डिफेन्डर सोकोद्रान मुस्ताफी जर्मन क्लब साल्केमा अनुबन्धित भएका छन् ।

बुन्डेसलिगा क्लब साल्केले मुस्ताफीलाई ६ महिनाको लागि अनुबन्ध गरेको हो ।

यस सिजन आर्सनलमा मौका नपाएपछि सेन्टर ब्याक मुस्ताफीले क्लब छाडेका हुन् ।

आर्सनलले मुस्ताफी बेचे पछि आर्सनलका फ्यानहरु हर्षित ।

जर्मनीका डिफेन्डरले यस सिजनको प्रिमियर लिगमा एक खेल पनि खेल्न पाएका थिएनन् ।

२८ वर्षीय डिफेन्डर सन् २०१६ मा स्पेनिस क्लब भ्यालेन्सियाबाट आर्सनल आएका थिए ।

मुस्ताफीले आर्सनलबाट ५ वर्षमा १ सय५१ खेल खेल्दा ९ गोल गरेका छन् ।