त्यो समय जब आर्सेनल र युनाइटेड बीचको खेल यति तनावपूर्ण भएको थियो

फुटबल खेलमा धेरै पटक खेलाडीहरू बिच झगडा र विवाद हुने गर्छ तर ३० बर्स अघि म्यानचेस्टर युनाइटेड र आर्सेनल बिचको खेल यति तनावपूर्ण र हिंसात्मक भएको थियो कि दुवै टिमको लिगमा अङ्क कटौती भएको थियो।

आर्सेनल र युनाइटेड बिचको दुस्मनी धेरै पुरानो रहेको छ र दुई बिचको खेल पहिले निकै तनावपूर्ण हुने गर्थ्यो र दुवै टिम लिग जित्ने दाबेदार भए पछि खेलाडीहरूमा नि धेरै दबाब हुने गर्थ्यो।

हाल दुई बिचको खेल धेरै तनावपूर्ण हुने गरेको छैन तर १९९०को अक्टोबरमा जब युनाइटेड र आर्सेनल बिच खेल भयो त्यो खेल फुटबल भन्दा पनि कुस्ती जस्तो बन्न पुग्यो। खेलको दोस्रो हाफ यति हिंसात्मक र तनावपूर्ण भएको थियो कि खेलाडीहरू अन्धाधुन्ध ट्याकल र लात हान्दै गरेको देख्न सकिन्थ्यो।

खेलमा खेलाडीहरूले विपक्षी खेलाडीहरूलाई धकेलेको, लात हानेको र लापरवाह ट्याकल हानेको स्पष्ट रूपमा देख्न सकिन्थ्यो। यो यति खराब थियो कि आर्सेनलका झगड़ालू खेलाडी भनेर चिनिने- टोनी एडम्सले खेलाडीहरूलाई अलग गरेर शान्ति ल्याउन प्रयास गरे र उनको प्रयासले पनि काम गरेन।

सो खेल धेरै तनावपूर्ण भए पछि रेफरी पनि उक्त खेल नियन्त्रण गर्न असफल भएका थिए। उक्त खेल पछि फुटबल सङ्घले दुवै टिमविरुद्ध कारबाही गरे प्रत्येक क्लबलाई £५०,००० जरिवाना लगाएको थियो भने लिगमा युनाइटेडको १ अंक कटौती भएको थियो भने आर्सेनलको २ अंक कटौती गरिएको थियो।

सो खेल भने आर्सेनलले १-०ले जितेको थियो। यो अंग्रेजी शीर्ष लिग इतिहासमा एक मात्र समय हो जब खेलमा खेलाडीहरूको दुर्व्यवहार को कारण क्लबको लिगमा अंक कटौती भयो।