साउदीबाट आएको प्रस्तावलाई अस्वीकार गर्दै सनले भने “पैसाको मतलब छैन”

प्रिमियर लिग क्लब टोटनह्यामका कोरियन स्टार सन ह्युङ मिनलाई साइन गर्न साउदी प्रो लिग क्लब अल-इतिहाद धेरै इच्छुक रहेको थियो र उनको लागि इतिहादले प्रति वर्ष £२५.६ मिलियनको तलबको प्रस्ताव पनि पठाएको थियो तर उक्त प्रस्ताव सनले अस्वीकार गरेका छन्।

अल-इतिहादले पठाएको ठुलो प्रस्ताव वारे सनले हाल आफ्नो मुख खोलेका छन् भने आफूलाई पैसाको मतलब नरहेको र प्रिमियर लिगमै धेरै कुराहरू गर्न बाँकी रहेको भनेर सनले बताएका छन्।

“प्रिमियर लिगमा मैले गर्नु पर्ने धेरै कुराहरू छन्। मलाई अहिले पैसाले केही फरक पर्दैन, र मेरो लागि आफ्नो मन पर्ने लिगमा खेल्नु र फुटबल खेल्ने गर्व मेरो लागि महत्त्वपूर्ण छ।”- सनले बताए।

२०१५मा प्रिमियर लिग क्लब टोटनह्याममा आएका कोरियन खेलाडी सन ह्युङ मिन एक ठुलो स्टार बन्न पुगेका छन् भने एशियामा उनको धेरै फ्यानहरू रहेको कारण साउदी क्लब अल-इतिहाद उनलाई साइन गर्ने प्रयासमा रहेको थियो तर सो प्रयासमा इतिहाद असफल हुन पुगेको छ।

फुटबल सुपरस्टार रोनाल्डोलाई साउदी क्लब अल-नासरले साइन गरे पछि साउदी प्रो लिगको चर्चा निकै बढेको छ भने यो ट्रान्सफर विन्डो अन्य साउदी क्लबहरूले पनि ठुलो युरोपियन स्टारहरूलाई साइन गरेको छ जसमा बेन्जेमा, कान्टे, जियाच सहित धेरै खेलाडीहरू रहेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ