फ्रेन्च क्लब पिएसजी आफ्नो ब्राजिलियन सुपरस्टार नेमारलाई बेच्न तयार हुने जानकारी रहेको बेला उनलाई साइन गर्ने मुख्य दाबेदारको रूपमा प्रिमियर लिग क्लब चेल्सी रहेको चर्चा हुँदै गर्दा पूर्व पिएसजी डिफेन्डर थियागो सिल्भाले नेमारलाई चेल्सीमा आउन आग्रह गरेका छन्।
Thiago Silva is doing his best to bring Neymar to Chelsea 🔵 pic.twitter.com/8CuJvKuixa
— GOAL (@goal) June 28, 2022
हाल चेल्सीमा खेल्दै गरेका ब्राजिलियन डिफेन्डरले पिएसजीमा नेमार सँगै खेलेका छन् भने उनी चेल्सीमा पनि नेमार सँग खेल्न इच्छुक रहेका छन्।
“नेमार चेल्सी जानु पर्छ।- सिल्भाले नेमार चेल्सीमा आउन सक्ने चर्चा वारे बोल्दै भने।
“यदि यस्तो भयो भने, अपेक्षा सबैभन्दा राम्रो सम्भव छ। हामीले नेमारको क्षमताको वारेमा कुरा गर्नु पनि आवश्यक छैन। यसबाहेक, उहाँ मेरो मिल्ने साथी हुन्।
Thiago Silva wants to see Neymar at Chelsea 👀🇧🇷 pic.twitter.com/cOd3ChsZVB
— ESPN FC (@ESPNFC) June 29, 2022
“मलाई आशा छ कि यो समाचारमा मात्र हुनुको सट्टा साँच्चै हुन्छ, तर मलाई यसको ’boutमा केही थाहा छैन।”
चेल्सीका नयाँ मालिक अमेरिकी अरबपति टोड बोहली पिएसजीका सुपरस्टार नेमारलाई आफ्नो नयाँ क्लबमा भित्राउन इच्छुक रहेको चर्चा हुँदै गरेको छ भने पिएसजी पनि उनलाई बेच्न तयार हुने रिपोर्ट छ।