अर्जेन्टाइन डिफेन्डर साइन गर्न म्यानचेस्टर युनाइटेड र आर्सनल बिच प्रतिस्पर्धा

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल आयाक्सका अर्जेन्टाइन डिफेन्डर लिसान्ड्रो मार्टिनेज साइन गर्ने प्रतिस्पर्धामा रहेको छ।

आर्सनल धेरै समय देखि लिसान्ड्रो मार्टिनेजलाई साइन गर्ने प्रयासमा रहेको थियो भने आर्सनलले उनको लागि प्रस्ताव गरे पनि आयाक्सले अस्वीकार गरेको थियो र आर्सनल अझै पनि नयाँ प्रस्ताव पठाउने तयारीमा रहेको बेला सो दौडमा म्यानचेस्टर युनाइटेड पनि प्रवेश गरेको छ।

म्यानचेस्टर युनाइटेडले उनको लागि £४० मिलियनको प्रस्ताव गरेको र नयाँ कोच टेन ह्यागको मद्दतमा आर्सनललाई पछि पार्दै स्टार सेन्टर ब्याकलाई साइन गर्नेमा म्यानचेस्टर युनाइटेड विश्वस्त रहेको खबर छ।

आफूले मागेको जति रकमको प्रस्ताव आए लिसान्ड्रो मार्टिनेजलाई बेच्न आयाक्स तयार रहेको छ भने उनलाई साइन गर्न म्यानचेस्टर युनाइटेड र आर्सनल बिच प्रतिस्पर्धा हुँदै गरेको छ। हाल सम्म लिसान्ड्रोले डच क्लबको लागि ११८ खेल खेल्दै ६ गोल र ६ असिस्ट गरेका छन्।