मेस्सी लेब्रोन जेम्सजस्तै नं १ हुन्ः एन्टोनी ग्रीजम्यान

स्पेनको एथ्लेटिको मड्रिडबाट बार्सिलोनामा हालै पाँच वर्षको लागि १२० मिलियन युरोमा अनुबन्ध भएका स्टार खेलाडी एन्टोनी ग्रीजम्यानले मेस्सीको प्रशंसा गरेका छन्।

ग्रीजम्यानका अनुसार मेस्सी वर्तमान विश्व फुटबलका नं एक खेलाडी हुन्। उनले बार्सा टिभीसँगको पहिलो अन्तर्बातामा भने: मेस्सी फुटबलका नं १ खेलाडी हुन्, जस्तै लेब्रोन जेम्स बास्केटबलका नं १ खेलाडी हुन्।

एन्टोनी ग्रीजम्यानले मेस्सीसँग कसैसँग नभएको अनौठो फुटबल कला भएको र आफू मेस्सीसँग खेल्न आतुरसमेत भएको बार्सा टिभीलाई बताए।