बुफनको क्यारियर सुरु भएको २५ बर्स पुरा भएको छ

epa08579972 Goalkeeper Gigi Buffon (L) and Cristiano Ronaldo jubilate with the cup during the celebrations for the Juventus' victory of the 9th consecutive Italian championship (scudetto) at Allianz Stadium in Turin, Italy, 01 August 2020. EPA/ALESSANDRO DI MARCO

युभेन्टसका लेजेण्ड जियानलुइजी बुफनको सीनियर लेभलको क्यारियर सुरु भएको २५ बर्स पुरा भएको छ।

१९९५को नोभेम्बर १९मा उनले पार्मा एफ.सीबाट आफ्नो डेब्यू खेल खेलेका थिए। उनले आफ्नो क्यारियरमा विश्वकप जितेका छन् भने युभे संग १० पटक लिग पनि जितेका छन्। उनले ५ कोप्पा इटालिया जितेका छन् भने ६ सुपरकोप्पा इटालिना पनि जितेका छन् ।

आफ्नो डेब्यूको २५ बर्स पुरा भएकोमा उनले सो बारे आफ्नो पोस्ट गरे।

“जब मैले सिरी एमा डेब्यू गरेको थिए, तब संसार बिल्कुलै भिन्न थियो,” उनले लेखे २५ बर्स बितिसकेको छ। ९१३२ दिन। २१९,१६८ घण्टा (र यो अझै सकिएको छैन …)। ”

४२को उमेरमा बुफन अझै पनि युभेन्टसबाट फुटबल खेल्दै छन् र उनि अझै धेरै समय सम्म खेल्ने मनसायमा देखिन्छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ