१७ वर्षका युवा स्टार साइन गर्न चेल्सी £१०० मिलियन खर्च गर्न तयार

बोरुसिया डर्टमन्डका युवा स्टार जुड बेलिंगहम साइन गर्न प्रिमियर लिग क्लब चेल्सी इच्छुक रहेको जानकारी छ। बोरुसिया डर्टमन्डमा उनको खेल निकै राम्रो रहेको छ भने च्याम्पियन्स लिगमा म्यान सिटीविरुद्ध उनको प्रदर्शन प्रशंसाको लायक रहेको थियो।

हाल खबर अनुसार युवा मिडफिल्डरलाई साइन गर्न चेल्सी इच्छुक रहेको छ। चेल्सी नयाँ मिडफिल्डरको खोजीमा रहेको थियो र वेस्ट ह्यामका डेक्लन राइस चेल्सीको नजरमा धेरै समय देखि रहे पनि हाल उनको सट्टा चेल्सीले बोरुसिया डर्टमन्डका युवा स्टार जुड बेलिंगहम साइन गर्न प्रयास गर्न सक्ने जानकारी छ।

उनको लागि डर्टमन्डले £१०० मिलियनको माग गर्न सक्ने खबर छ जुन तिर्न चेल्सी तयार हुने चर्चा छ।

 

बेलिंगहमलाई डर्टमन्डले २०२०मा बर्मिंघम सिटीबाट £२५ मिलियनमा साइन गरेको थियो।

हाल सम्म उनले डर्टमन्डका लागि ३९ खेल खेलेका छन्। अन्य क्लबहरू पनि उनी माथि इच्छुक रहेको खबर छ जसमा लिभरपुल पनि रहेको छ। च्याम्पियन्स लिगमा सिटी विरुद्ध उनले गोल गरे पछि उनको धेरै चर्चा भएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ