“हामी एनफिल्डमा हुने खेलको लागि तयार हुनेछौं”

एटलेटिको म्याड्रिडका फुल-ब्याक रेनन लोदीले लिभरपूलबिरुद्धको जित, आफ्नो क्लबको सर्वश्रेष्ठ प्रदर्शन रहेको बताए।

ब्राजिलियनले एटेलिकोको लागि च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा राम्रो प्रदर्शन गरे र एटेलिकोलाई जित प्राप्त गर्न मद्दत गरे।

लोदीले भने: “मलाई लाग्छ यो एटेल्टिको शर्टमा मेरो सबैभन्दा राम्रो खेल थियो। सेल्टाबिरूद्धको खेल पनि राम्रो भएको याद छ।

“अन्तिम खेलहरूमा मैले ९० मिनेट खेल्न सकेको थिएन र त्यसैले गर्दा मलाई परिवर्तन गर्न परेको थियो । म ९० मिनेट सम्म खेल्ने आत्मविश्वासको आशा गर्दै थिएँ।

“(डिएगो) शिमोने मेरो लागि बुबा जस्तो हुन्, मलाई थाहा छ कि उनको सबै निर्णयहरू मेरो भलाइको लागि हो।”

दोस्रो लेगको खेल बारे ब्राजिलियनले थपे: “हामीलाई थाहा छ एनफिल्डमा खेल धेरै जटिल हुनेछ र हामी त्यसका लागि तयार छौं।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ