“हामीसँग उत्कृष्ट खेलाडीहरू किन्न धेरै पैसा छ”

हाल म्यानचेस्टर सिटी उत्कृष्ट लयमा रहेको छ र च्याम्पियन्स लिगको जित पछि सिटी लगातार १९ जितको दौडमा रहेको छ।

म्यान सिटीको सफलता बारे कोच पेप गार्डियोलाले बोलेका छन्। म्यान सिटीले धेरै पैसा खर्च गर्ने चर्चालाई लिएर उनले मजाक गर्दै सिटीको सफलता बारे बोले। “हामीसँग धेरै पैसा छ, धेरै अविश्वसनीय र उत्कृष्ट खेलाडीहरू किन्न,” गार्डियोलाले आफ्नो पोस्ट-म्याच प्रेस सम्मेलनमा सिटीको हालको प्रदर्शन बारे बोल्दै भने।

उनले थपे: “यो सत्य हो। राम्रो गुणका खेलाडीहरू बिना हामी यो गर्न सक्दैनौँ। यो समूहको मानवता … खेलाडीहरू उत्कृष्ट छन् र उनीहरूको अविश्वसनीय सम्बन्ध छ। उनीहरू खेल जित्ने सोच्नको साथ प्रत्येक खेल खेल्छन्।

“यो जित पछि हामी रमाइलो गर्ने छौ र त्यसपछि वेस्ट ह्यामको बारेमा सोच्ने छौ। हाल धेरै जना च्याम्पियन्स लिगको दोस्रो लेगको कुरा गर्दै तर त्यो खेल ३ हप्ता पछि हुन्छ, त्यसैले अब हाम्रो लक्ष्य वेस्ट ह्याम हो। यहीमा म चिन्तित छु।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ