“स्पेनका खेलाडीहरूलाई एक छेउबाट अर्कोमा बल पास मात्र गर्न आउँछ”

पूर्व नेदरल्यान्ड्स स्टार राफेल भ्यान डर भार्टले स्पेनको युरो २०२० फमको आलोचना गरेका छन्। भ्यान डर भार्टले स्पेनको खेल शैली “खराब” को रूपमा वर्णन गर्दै नकआउट चरणमा स्पेनको खेल नेदरल्यान्ड्स सँग पर्ने आशा राख्दै छन्।

स्पेनले युरोको आफ्नो पहिलो दुई खेलमा बराबरी खेलेको थियो। स्पेन धेरै पोजिसन राख्न र पास गर्न सफल भए पनि गोलको अगाडी स्पेनको समस्या रहेको देख्न सकिन्छ भने पूर्व नेदरल्यान्ड्स स्टारले स्पेनको खेलको आलोचना गरे।

“स्पेनको खेल खराब छ,” भ्यान डर भार्टले डच प्रसारक एनओएसलाई भने।

“मलाई आशा छ कि हामी [डच] उनीहरू विरुद्ध नकआउट चरणमा खेल्ने छौ । उनीहरूसँग त्यो टोलीमा केही छैन। एउटा मात्र चीज उनीहरूले गर्न सक्ने भनेको बललाई एक छेउबाट अर्कोमा पास गर्ने हो – तिनीहरूसँग त्यस्तो खेलाडी छैन जसलाई एक निश्चित पास कसरी गर्ने भनेर थाहा छ। ”

उनको उक्त आलोचना पछि स्पेनका धेरै लेजेण्ड र हालका स्टारहरू खुसी छैनन् र केही खेलाडीहरूले उनको उक्त आलोचनाको बारे जवाफ पनि दिएको छन्।

बार्सिलोनाका स्पेनिस स्टार सर्जियो बुसकेट्सले उनको आलोचनामा आपत्ति जनाए भने भ्यान डर भार्ट आफ्नो नाम प्रख्यात गर्न वा केही पलको लागि नाम कमाउन सो किसिमको कुरा गरेको बुसकेट्सले आरोप लगाए भने सो कुरा लाजमर्दो रहेको बताए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ