म्यानचेस्टर सिटी एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलीशलाई साइन गर्न £१०० मिलियन भन्दा माथि तिर्न इच्छुक हुन सक्ने खबर छ। ग्रेलीश लामो समयदेखि पेप गार्डियोला द्वारा प्रशंसित छन् र सिटीका कोच २५ वर्षका स्टारलाई साइन गर्न चाहन्छन्।
Manchester City are ready to smash the Premier League transfer record to land Aston Villa and England midfielder Jack Grealish. (Sunday Mirror) pic.twitter.com/zfkewULiIU
— Transfer News Central (@TransferNewsCen) June 20, 2021
भिल्लाले गत सेप्टेम्बरमा ग्रेलीशलाई आकर्षक नयाँ करारका साथ उनी सँग सम्झौता विस्तार गरे र क्लबका कप्तानसँग अझै सम्झौतामा चार वर्ष बाँकी रहेको छ। प्रिमियर लिगमा ज्याक ग्रेलीशको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो र उनको मद्दतमा भिल्लाले २०२०/२१को सिजनमा ठुलो क्लबहरू विरुद्ध सकारात्मक परिणाम हासिल गर्न गरेको थियो।
उनको खेलको कारण धेरै ठुलो क्लबहरूको नजर उनी माथि परेको छ। चेल्सी र म्यानचेस्टर युनाइटेड जस्तो क्लब सँग उनको नाम जोडिएको बेला यो सिजनको लिग विजेता म्यान सिटी पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ।
Manchester City are reportedly ready to smash the all-time Premier League transfer record in order to land Aston Villa midfielder Jack Grealish 📰
— Sky Sports Premier League (@SkySportsPL) June 20, 2021
एस्टन भिल्लाले आफ्नो कप्तान ज्याक ग्रेलीशलाई बेच्न ठुलो रकमको माग गर्ने जानकारी छ। खबर अनुसार उनको मूल्य £१०० मिलियन भन्दा बढी हुन सक्ने छ र म्यानचेस्टर सिटी सो रकम तिरेर उनलाई क्लबमा भित्राउन इच्छुक रहेको कुरा छ।