लुकस विश्व कपबाट बाहिर

ढोहा । फ्रान्सका लुकस हेर्नान्डेजले विश्व कपका बाकी खेल गुमाउने भएको छ । उनको एसिएलमा चोट बोके पछि विश्व कप बाहिर रहनु पर्ने भएको हो ।

फ्रान्स र अष्ट्रेलियाबिचको खेलमा लुकसको एसिएलमा समस्या आएको थियो । उनको स्थानमा भाइ थियो हेर्नान्डेजले लिएको थियो ।

लुकस र बेन्जिमाले चोट बोक्दै विश्व कपबाट बाहिरिए पछि फ्रान्सको टिम संख्या २४ पुगेको छ ।

अब फ्रान्सको टोलिमा एउटा मात्र नियमित लेफ्ट ब्याक रहेको छ । तर, मिडफिल्डर एड्रियन रेबिओटले लेफ्ट ब्याक पोसिसनमा बिकल्प हुनसक्छ ।

विश्व कपको पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ गोलले हराउदै फ्रान्स उपाधी रक्षामा जुटेको छ ।