रोनाल्डो माथि अनुसन्धान हुने

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोमाथि अनुसन्धान सुरु हुने भएको छ । कोरोना भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन सहर टुरिनमा फर्किएका रोनालडोले कोरोना प्रोटोकोल उल्लंघन गरेको भन्दै आलोचना भएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो ।

पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई लक्षण नभए पनि पोर्चुगलसँगको अन्तर्राष्ट्रिय ब्रेकका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा फर्किएका थिए ।

रोनाल्डो हाफ्नो निजी जेटमार्फत टुरिन फर्किए पनि इटालियन खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले एक विज्ञप्तिमा रोनाल्डोको कोरोना भाइरस प्रोटोकोल उल्लंघनको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् । रोनाल्डोले प्रोटोकोलको कदर नगरेको आरोप छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ