रोनाल्डो बेनेभिन्टोबिरुद्ध नखेल्ने

विभिन्न सन्चारका अनुसार रोनाल्डोलाई युभेन्टसले शनिबार बेनेभिन्टोबिरुद्धको खेलमा आरम दिने भएको छ।

स्काइ स्पोर्ट्स इटालियाका अनुसार प्रशिक्षक अन्द्रेस पिर्लोले रोनाल्डोलाई तुरिनमा छोड्ने निर्णय गरेको छ। रोनाल्डोले इब्राहिमोविचसंग सेरि ए को शिर्ष गोलकर्ताको प्रतिस्पर्धामा यस हप्ता गोल भने गर्ने छैनन्।

युभेन्टस स्टाडियो भिगोरिटोको यात्राको लागि रोनाल्डोलाई तुरिनमा छोडै डिबाला वा देयान कुलेभ्स्की, अल्भारो मोराटासंग खेल सुरु गराउने होडमा देखिन्छ।

पिर्लोले दानिलोलाई पनि आरम दिने छ येदि बोनुची खेलमा फर्कन सके। बोनुची चोटका कारण खेल गुमाउन सक्ने प्रबल संभावना रहेको छ।

इटालियन अन्तर्राष्ट्रिय डेफेन्डर जोर्गियो केलेनी र देमेरल भने अझै मैदान बाहिर रहेको छ।