रियल म्याड्रिडको नजर तीन युवा मिडफिल्डरहरुमा

रियल म्याड्रिडले यस गर्मीमा मिडफिल्डर साइन गर्ने उद्देश्यका साथ यस सिजनमा तीन युवा मिडफिल्डरहरूको अनुगमन गरिरहेका छन्।

ले १० स्पोर्टका अनुसार रियलले आन्तरिक ‘गोप्य’ सूचीबाट काम गरिरहेको छ, र रियलको नजरमा ३ युवा मिडफिल्डरहरु रहेको छ ।

उक्त सुचीमा रेनेसका १९ बर्षेका एडुआर्डो कामाभिन्गा र लिलका एस बुबबकारी सौमारे रहेका छन्, थप तेस्रो अज्ञात खेलाडीको नाम भने खुलेको छैन र उनि पनि स्पेन बाहिर खेल्दै गरेका खबर छ।

सौमारेको मामलामा, न्यूकसल युनाइटेड पनि उनको हस्ताक्षरको लागि प्रयास गर्दै छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ