रियल म्याड्रिडका युवा स्टारले गरे ट्रान्सफरको अनुरोध

रियल म्याड्रिडका युवा स्टार मार्टिन ओडेगार्डले क्लब छोड्न अनुमति मागेका छन्। मार्टिन ओडेगार्ड रियल म्याड्रिडमा खेल समयको अभावमा निराश छन र खबर अनुसार उनले क्लब छोड्नको लागि अनुरोध गरेका छन्।

नर्वेका मिडफील्डर, १६ वर्षको उमेर देखि रियलमा छन्। उनले रियल सोसियादादमा पनि लोनमा समय बिताएका छन् र त्यहाँ उनको प्रदर्शन राम्रो रहेको थियो।

हाल २२ वर्षका युवा मिडफील्डरलाई लोनबाट फिर्ता गर्ने जिदान निर्णय जिदानले लिएका थिए तर उनले खेल समय भने पाएनन्।

स्पेनी प्रकाशन मार्काका अनुसार मिडफिल्डरले पिचमा थप समय सुरक्षित गर्न अर्को लोन ट्रान्सफरको ‘माग गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ