युईएफए सुपर कप खेल्ने रियलको टिम घोषणा

एजेन्सी । रियल म्याड्रिडले युईएफए सुपर कप खेल्ने २४ सदस्यीय टोलिको घोषणा गरेको छ । फ्रान्कफर्टसंग हुने सुपर कपका लागि रियलले टोलि घोषणा गरिएको हो ।

बिहिबार राती हुने खेलमा रियलले जर्मन क्लब फ्रान्कफर्टसंग खेल्दैछ ।

रियलले च्याम्पियन्स लिग फाइनलमा लिभरपुललाई १-० गोलले हराएको थियो ।

त्यस्तै, फ्रान्कफर्टले रेञ्जर्सलाई टाइ ब्रेकरमा हराउदै युरोपा लिग जितेका थिए ।

रियल म्याड्रिडले घोषणा गरेको टिम

गोलकिपर :
कोर्ट्वा, लुनिन, लुइस लोपेज

डिफेन्डर :
कार्भहाल, मिलिसाओ, अलाबा, भेलेजो, नाचो, ओड्रिओजोला, रुडिगर, मेन्डी

मिडफिल्डर :

क्रुस, मोड्रिच, कासेमेरो, भाल्भेर्दे, लुकस भ्याज्केज, चुवामेनी, सेबेलोस, कामाभिगां

स्ट्राइकर :
हजार्ड, बेन्जिमा, एसेन्सिओ, भिनिसियस जुनिअर, रोड्रिगो, मारिनो ।