यी दुई ठुलो स्टार साइन गर्ने म्यानचेस्टर सिटीको योजना

म्यानचेस्टर सिटीमा नयाँ दुई ठुलो स्टार साइन गर्ने पेप गार्डियोलाको योजना रहेको खबर छ। खबर अनुसार ह्यारी केन र ज्याक ग्रेलीशलाई साइन गर्न अनुमतिको लागि पेपले सिटी संग वार्ता गरेका छन्, उनि आफ्नो टोलीलाई पुनर्निर्माण गर्ने प्रयास गर्न चाहन्छन्।

सिटी र पेप बीच हालै मात्र सम्झौता विस्तार भएको छ र पेप गार्डियोला सिटीमा आफ्नो नयाँ योजना सुरु गर्न चाहन्छन्। खबर अनुसार पेपले स्पर्सका स्टार स्ट्राइकर साइन गर्ने योजना बारे सिटी संग छलफल गरेका छन् र एस्टन भिल्लाका स्टार मिडफिल्डर ज्याक ग्रेलीश पनि साइन गर्ने पेपको माग रहेको छ।

दुवै खेलाडीको प्रदर्शन आफ्नो क्लबमा निकै राम्रो रहेको छ हाल सिटी सर्जियो अगुएरोमा धेरै निर्भर रहेको छ र केन साइन गर्ने पेपको इच्छा रहेको कुरा छ।

अगुएरोमा हाल ३२ बर्सका भएका छन् र केनले उनलाई प्रतिस्थापन गर्न सक्ने पेपको विश्वास छ। ज्याक ग्रेलीश पनि भिल्लाका मिडफिल्ड एक महत्त्वपूर्ण भाग बनेका छन् र उनको प्रदर्शनले धेरै ठुलो क्लबहरुको ध्यान आकर्षित गरेको छ र सिटी पनि ति क्लबहरु मध्ये एक रहेको छ।

दुई खेलाडीको मूल्य निकै धेरै रहेको छ र दुवै साइन गर्न सिटीलाइ गार्हो हुन सक्ने भए पनि पेप दुवै खेलाडी साइन गर्न चाहन्छन्। सिटीको योजना अर्को सिजन मेस्सी साइन गर्ने पनि रहेको छ र यी दुई खेलाडी संग मेस्सीको साझेदारी उत्कृष्ट हुन सक्ने पेपको विश्वास रहेको देखिन्छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ