म्यानचेस्टर सिटीको पर्दाफास गर्ने ह्याकर जेलमा

इङ्ग्लिस प्रिमियर लिगका क्लब म्यान्चेस्टर सिटीले यूईएफएको आर्थिक नियम उल्लङ्घन गरेको आरोपमा च्याम्पियन्स लिग प्रतियोगिताबाट २ वर्षको प्रतिबन्ध र आर्थिक जरिवानाको कारवाही भोग्नु परेको छ ।

 सिटीको उक्त आर्थिक अनियमितताको खुलासा गर्ने ह्याकर पोर्चुगलका रुई पिन्टो हुन्। ह्याकर रुई पिन्टोले फुटबल सम्बन्धित धेरै कुराको पर्दाफास गर्ने गरेका थिए, र उनले नै म्यानचेस्टर सिटीको पर्दाफास गरेका थिए।

तर रुई पिन्टो बिरुद्ध मुद्दा चल्दै छ र उनि जेलको पर्खाइमा छन्।

डेली मेलका अनुसार, पिन्टो माथि ९० वटा विभिन्न मुद्दामा सुनुवाइ शुरु भएको छ । उनि माथि ह्याक, जासुसी र धोखाधडीको आरोप लागेको छ, र बिहीबार उनको अपील अस्वीकार भएको थियो।

सिटीमाथि प्रतिबन्धको समाचारसँगै सामाजिक सञ्जालमा पिन्टोलाई रिहा गर्न माग शुरु भएको छ । #freepinto ट्वीटरमा ट्रेन्डिङ भएको थियो ।

म्यान्चेस्टर सिटीले आर्थिक नियम उल्लङ्घन गरेको आरोपमा च्याम्पियन्स लिग प्रतियोगिताबाट २ वर्ष प्रतिबन्ध भएका थिए। म्यान्चेस्टर सिटीले आफ्नो आर्थिक बिवरणमा हेरफेर गरेको खुलेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ