प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले बार्साका स्टार एन्टोनी ग्रिजम्यानलाई साइन गर्न प्रयास गर्न सक्ने खबर रहेको छ। हाल ला लिगा क्लब बार्सिलोना निकै जटिल आर्थिक समस्यामा फसेको कारण आफ्नो स्टार खेलाडी ग्रिजम्यानलाई बेच्न बार्सा बाध्य हुन सक्ने चर्चा हुँदै गर्दा बार्सा उनलाई बेच्न तयार रहेको छ र खबर अनुसार उनलाई साइन गर्न म्यानचेस्टर युनाइटेड इच्छुक रहेको छ।
Barcelona ‘propose’ Victor Lindelof is included in possible Antoine Griezmann deal #mufc https://t.co/AjxzEKBMYy pic.twitter.com/q4oh3AcuHP
— Man United News (@ManUtdMEN) July 30, 2021
ग्रिजम्यान आफ्नो पूर्व क्लब एटलेटिको म्याड्रिड फर्किन नजिक रहेको धेरै चर्चा भएको थियो तर त्यो ट्रान्सफर सफल हुन नसक्दा बार्सा उनको लागि खरिददारको खोजीमा रहेको जानकारी छ।
ग्रिजम्यानलाई युनाइटेडले विक्टर लिन्डेलोफ सँग साट्ने प्रस्ताव गर्न सक्ने जानकारी छ। भरान साइन गर्न नजिक रहेको युनाइटेड आफ्नो सेन्टर ब्याक लिन्डेलोफलाई अफ लोड गर्न तयार रहेको बेला उनको प्रयोग गरी ग्रिजम्यानलाई भित्राउन युनाइटेड इच्छुक हुन रिपोर्ट छ।
📝 — Barcelona are now in talks with Manchester United for Victor Lindelof, to reach an agreement to sign him whom Barca like. And they want to include Antoine Griezmann in the deal as negotiations with Atlético Madrid did not bear good results #mufc #mujournal
— United Journal (@theutdjournal) July 30, 2021
बार्साले उनलाई १२० मिलियन साइन गरे पनि हाल उनलाई त्यो भन्दा धेरै कम रकममा बेच्न इच्छुक रहेको खबर छ। २०१९मा उनी बार्सा आएका थिए र हाल सम्म ९९ खेल खेल्दा उनी केवल ३५ गोल गर्न सफल भएका छन् भने क्याम्प नाउमा उनको आशा गरिएको जस्तो खेल हुन सकेको छैन।