“मैले मेस्सीलाई पिएसजीमा ल्याउन प्रयास गरेको थिएँ”

पिएसजीका स्टार विंगर एन्जल डि मारियले खुलाए कि उनले मेस्सीलाई पिएसजी ल्याउन प्रयास गरेका थिए। गत महिना, ३३ वर्षका सुपरस्टारले क्लबसँग लगभग दुई दशक पछि क्याटालोनिया छोड्ने अभिप्राय घोषणा गरेका थिए।

उनलाई साइन गर्न धेरै क्लब इच्छुक थिए र पिएसजी पनि सो क्लब मध्ये एक थिए र डि मारियाले बताएका छन् कि उनले मेस्सीलाई पिएसजी आउन प्रोत्साहित गर्न कोशिश पनि गरेका थिए।

अर्जेन्टिनाका राष्ट्रिय टोलीका लागि मेस्सीको साथ खेल्ने डि मारियाले खुलासा गरे कि उनलाई पिएसजी आउन आग्रह गर्न उनले मेस्सी संग सम्पर्क गरे।

“उनले बार्सिलोना छोड्न चाहेको थाहा पाए पछि मैले मेस्सीलाई इन्स्टाग्राम सन्देश पठाएँ जहाँ मैले उनलाई भनेको थियो कि पिएसजी मेस्सीसँग कसरी खेल्न सक्छन,”

यद्यपि मेस्सीले अर्को अभियानको लागि रोनाल्ड कोम्यानको नेतृत्वमा खेल्ने निर्णय लिए र उनले बार्सा छोडेनन्। उनि क्लब संग कानुनी लडाईमा जान चाहँदैनथे र हाल उनि बार्सामै खेल्ने भएका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ