“मेरो कारणले बेलले रियल छोडेका होइनन्”

, SPAIN - FEBRUARY 9: (L-R) Gareth Bale of Real Madrid, coach Zinedine Zidane of Real Madrid during the La Liga Santander match between Osasuna v Real Madrid on February 9, 2020 (Photo by David S. Bustamante/Soccrates/Getty Images)

रियाल म्याड्रिडका कोच जिनेदिन जिदानले उनको र स्टार खेलाडी बेल बीच कहिले पनि समस्या नरहेको बताएका छन्।

२०१३मा तत्कालीन विश्व कीर्तिमानी रकम £८५ मिलियनमा रियलमा सामेल भएका बेल हाल लोनमा फेरी स्पर्स गएका छन्। केहि समय उनि चोटको कारण मैदान बाहिर हुन पुगे भने हालैको समयहरुमा जिदानले उनलाई आफ्नो योजनामा राखेका थिएनन् र उनले खेल समय पाएका थिएनन्।

दुई बीच सम्बन्ध नराम्रो रहेको धेरै चर्चा भएको थियो भने सो कारण बेलले क्लब छोडेको पनि कुरा हुने गरेको बेला जिदानले सो दावीहरुलाई अस्वीकार गरेका छन्।

“यो त्यस्तो होइन,” जिदानले शनिबार प्रेससंग कुरा गर्दै बताए र बेलले उनको कारणले क्लब छोडेको कुरा पनि उनले अस्वीकार गरे। “यो धेरै जटिल छ- उनले बताए।

“बेलसँग सँधै एक पक्षको बिरूद्ध अर्को भन्ने कुरा हुन्छ। तर म र ग्यारेथ बीच कहिले पनि केहि समस्या थिएन।

“त्यहाँ जहिले पनि केहि चीजहरू हुन्छन्। अब उहाँ परिवर्तन गर्दै हुनुहुन्छ, हामी केवल उहाँलाई उत्तम कामना गर्दछौं … यी चीजहरू फुटबलमा हुन्छन्, तर मैले भनेँ कि उनी एक राम्रो खेलाडी थिए।”

बेलले रियल संग चार च्याम्पियन्स लिग उपाधि, दुई ला लिगा शीर्षक, एक कोपा डेल रे, तीन यूएफा सुपर कप र तीन क्लब विश्व कप जितेका थिए र १०० भन्दा बढी गोल पनि गरेका छन्।

जिदानले थपे: “मलाई थाहा छ उनले यस क्लबका लागि के गरेका छन्। उनले सँधै आफ्नो गुण प्रमाणित गरेका छन् र उनले क्लबसँग जे हासिल गरे त्यससँग तर्क गर्न सकिदैन।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ