“मलाई विश्वास छ कि लिग जित्नु अझै सम्भव छ”

नापोलीलाई २-०ले पराजीत गर्दै युभेन्टस संग इटालियन सुपर कप जित्ने क्रममा रोनाल्डोले आफ्नो नाममा ठुलो रेकर्ड पनि बनाए। उनि हाल फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् तर पनि उनको ध्यान फेरी लिग जित्नेमा रहेको छ।

यो सिजन युभेको लिगमा केहि खराब प्रदर्शन रहेको छ भने हाल लिगमा युभेन्टस ५औ स्थानमा रहेको छ तर क्लबका सुपरस्टार रोनाल्डो अझै लिग जित्ने कुरामा आशावाद छन्।

“हामी इटालियन सुपर कप उपाधि संग धेरै खुसी छौं, यो गाह्रो थियो, विशेषगरि पिचको अवस्था भयानक थियो, तर हामीले राम्रो गर्यौं, ”रोनाल्डोले फुटबल इटालिया मार्फत आरएआई स्पोर्टलाई भने।

“हामीले इन्टरको बिरूद्धको नराम्रो प्रदर्शनप्रति फरक दृष्टिकोण देखायो। त्यो पुरानो कुरा हि, यो धेरै महत्त्वपूर्ण ट्रफी हो र हामी आशावादी छौं कि यसले टीमलाई भविष्यमा राम्रो गर्न अझ बढी विश्वास दिन सक्छ।”

“मिलान र इन्टर एकदम राम्रो गर्दै छन्, तर मलाई विश्वास छ हामीसँग जित्नको आवश्यक गुण छ। यो गाह्रो हुनेछ, तर मलाई विश्वास छ कि लिग जित्ने अझै सम्भव छ”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ