भ्यान डाइकको चोट ‘सोचेको भन्दा गम्भीर’

लिभरपूलका स्टार डिफेन्डर एभर्टन बिरुद्धको खेलमा चोटग्रसित हुन पुगेका थिए र उनि ८ महिना सम्म मैदान बाहिर हुने खबर आएको थियो तर भर्जिल भ्यान डाइकको चोट ‘पहिले सोचेको भन्दा गम्भीर’ रहेको नयाँ खबर छ भने लिभरपूल डिफेन्डर लगभग अर्को सिजनसम्म मैदान बाहिर हुने खबर छ।

एभर्टनका गोल पिकफोर्डले भ्यान डाइक माथि ट्याकल गरेका थिए र उनि चोटग्रसित हुदै मैदान छोडे र खबर अनुसार उनलाई एंटीरियर क्रूसिएट लिगामेन्ट अथवा एसीएलको चोट लागे थियो एथलेटिकका रिपोर्टर डेभिड अर्न्स्टेनका अनुसार उनको चोट सुरुमा ‘सोचेको भन्दा गम्भीर’ रहेको छ र यसको मतलब उनि एक बर्षसम्म मैदान बाहिर हुन सक्ने छन्।

प्रारम्भिक रिपोर्टहरूका अनुसार उनि ६-८ महिना सम्म बाहिर हुने खबर रहे पनि नयाँ खबर अनुसार उनि अब १ बर्स सम्म फुटबलनाता बाहिर हुने कुरा छ र उनको घुँडाको शल्यक्रिया हुने।

एभर्टन बिरुद्धको खेलमा गोलकिपरले भ्यान डाइक माथि निकै नराम्रो ट्याकल गरेका थिए तर सो समय भ्यान डाइक अफ साइड रहेको कारण रेफरीले पिकफोर्ड माथि कारवाही गरेनन भने खेल पछि पनि उनलाई केहि कारवाही नहुने कुरा छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ