बुफन ४५ बर्षको उमेरसम्म फुटबल खेल्ने

एजेन्सी, युभेन्टसका गोलरक्षक जियालुङी बुफनले २०२३ जुनसम्म आफुले फुटबल खेल्ने योजना रहेको खुलाएका छन।

उमेरले ४३ लागे पनि आफुले अझै केही बर्ष खेल्न सक्ने जनाएका छन। उन्को सम्झौता यसै सिजनको अन्तिममा सकिदै छ। यद्यपि, क्लबबाट नया सम्झौताको लागि कुनै पहल भने भएको छैन।

उन्को भबिस्यको बारे टुंगो नलागे पनि आफुले केही बर्षसम्म खेल्न सक्ने बताए।

“मेरो निधारमा हेर्नुस त्यहा अझै दुइ बर्षसम्म खेल्न सक्ने भनेको छ। उन्ले गार्डियनलाई अन्तर्वार्ताको क्रममा भने।

“त्यो चाहिँ अधिकतम हुनेछ। तर म चार महिना पछि पनि खेल्न छोड्न सक्छु”।

गत सिजन बुफनले पौलो माल्दिनीको सबैभन्दा धेरै सेरि ए खेल्ने रेकर्ड तोडेका थिए। उक्त रेकर्ड तोडे पछि उन्ले ६ खेल खेलेका छन।

उनी सेज्नीको छायामा परे पनि उन्लाइ टिममा सबैले आदर गर्ने गर्दछ।

उन्ले जारी सिजन युभेन्टसको लागि सबै प्रतियोगितामा गरेर १० खेल खेलेका छन।