बिकेनन् सन्दीप

सन्दीप लामिछाने पाकिस्तान सुपर लिग २०२१ को ड्राफ्टमा बिकेका छैनन् । जारी पिएसएल ड्राफ्ट सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । तर सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् ।

यदि सन्दीपले प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा दर्ता गराएका थिए । तर प्लाटिनम, डायमन्ड, गोल्डको ड्राफ्ट सकिदा सन्दीपलाई कुनैपनि टोलीले लिन ईच्छा देखाएनन् ।

सुल्तान मुल्तान्सले प्लाटिनमा सिंगापुरका टिम डेविडलाई अनुबन्ध गर्यो । प्लाटिनमा कराँची किंग्सले इंग्ल्यान्डका क्रिस जोर्डन, इस्लामबाद युनाइटेडले न्युजिल्यान्डका कोलिन मुनरो, पेशावार जाल्मीले अफगानिस्तानका ओपनर हज्रातुल्लाह जजाई र क्वेटा ग्याडियटर्सले इंग्ल्यान्डका जेसन रोयलाई अनुबन्ध गरेको छ ।

नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने र सिल्भर क्याटेगोरीमा ९ खेलाडी छन् । विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा नाम दर्ता गराएका छन् । सिल्भर विदेशी कोटामा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी र विक्रम सोब छन् । सिल्भर राउन्ड भने जारी छ ।

हरेक टोलीले समान ३-३ प्लाटिनम, डायमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउछन् । १६ कुल खेलाडी भएमा ११ पाकिस्तानी खेलाडी हुनुपर्ने हुन्छ । १८ खेलाडी भएमा १२ पाकिस्तानी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्ने हुन्छ । प्लेइङ ११ मा एउटा टोलीले बढिमा ४ मात्र विदेशी खेलाडी खेलाउने पाउने गर्दछन् ।

सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार डलर सम्म रहनेछ । गत वर्ष प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने विकेका थिएनन् । पिएसएल २०२२ आगमी २७ जनवरी देखि फेब्रुअरी २७ सम्म पाकिस्तानमा हुनेछ ।